Main News
कोरोनाविरुद्धको खोप खरीदमा भ्रष्टाचार भएको कांग्रेसको निष्कर्ष (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख २६ गते ६:४८

२६ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
संसदीय दलको बैठकले सरकार खोप आयातमा कमिसन र भ्रष्टाचारमा संलग्न ठहर गरेको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले जनताको स्वास्थ्यप्रति गम्भीर बन्न,अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण व्यवस्था गर्न ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया