Main News

प्रमका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

हिमालय टिभी
२०७८ वैशाख २५ गते २०:२५
प्रमका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

२५ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *