Main News

काठमाडौंका चार अस्पतालद्वारा अक्सिजन अभावमा संक्रमित भर्ना गर्न नसक्ने घोषणा

हिमालय टिभी
२०७८ वैशाख २५ गते १९:०८
काठमाडौंका चार अस्पतालद्वारा अक्सिजन अभावमा संक्रमित भर्ना गर्न नसक्ने घोषणा

२५ वैशाख २०७८ काठमाडौं । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले विज्ञप्ति निकालेर उपचार गर्न नसकिने बताएका हुन् ।

अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको अस्पतालको भनाइ छ ।

अस्पतालले आजदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालनमा ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *