Main News
अख्तियारलाई सरकारले प्रतिशोध साँध्ने संस्ता बनाएको सभापति देउवाको आरोप
२०७८ वैशाख २५ गते १८:३४

२५ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।
संसदीय दलको बैठकमा सभापति देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाउनुभएको हो ।
उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो ।
उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराइै सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्नुभयो ।
उहाँले विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको समेत आरोप लगाउनु भयो ।
प्रतिक्रिया