Main News

नेपालमा थप ८४१८ जना संक्रमित थपिए, थप ५३ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २५ गते १७:३०
नेपालमा थप ८४१८ जना संक्रमित थपिए, थप ५३ जनाको मृत्यु

२५ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै मृत्य हुनेको संख्या ३६ सय ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो पटक थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा कम हो । हिजो ९ हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो ।

१८ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९ र ८९ जनाको एन्टीजेन परीक्षण गर्दा १ स ३१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कुल ३ लाख ८५ हजार ८९० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ । ती मध्ये काठमाडौं उपत्यकामा मात्रै ३५ हजार ६ सय ७८ जना संक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ३ हजार ६ सय १३ जनामा संक्रमण देखिएको छ ।

आज सबै भन्दा धेरै काठमाडौंमा २७ सय ७०, रुपन्देहीमा ८ सय ६१, सुर्खेतमा ५ सय ९७, बाँकेमा ५ सय ५५, ललितपुरमा ४ सय ६२, भक्तपुरमा ३ सय ८१, कास्कीमा २ सय ८५, झापामा २ सय ७५, मोरङमा २ सय ५४, दाङमा १ सय ८९, सुनसरीमा १ सय ५७, मकवानपुरमा १ सय ३४, चितवनमा १ सय २५, धनुषामा १ सय १६, बर्दियामा १ सय १३, बैतडीमा १सय ११, सिन्धुलीमा १०७ र पर्सामा १०७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज देखिएका संक्रमित मध्ये १ सय ९५ जना ९ वर्षमुनिका बालबालिका पनि छन् । हाल ७ सय ५८ जनाको आइसीयू र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक ३ हजार ३ सय ७० जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *