Main News

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

हिमालय टिभी
२०७८ वैशाख २५ गते १३:३५
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२५ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।

बेलुकी पाँच बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । आकस्मिक बैठक भएकोले के विषयमा छलफल हुन्छ भन्ने बताइएको छैन ।

बैठकको समयबारे जानकारी आएपनि एजेण्डाबारे कुनै जानकारी नभएको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आकस्मिक रुपमा बोलाइएकोले धेरैको चासो छ ।

विश्वासको मत लिने दिन नजिकिंदै गर्दा प्रधानमन्त्री ओलीको सक्रियता बढेको छ । पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाउनुभएको छ । जनता समाजवादी पार्टीले उठाएका मुद्दा मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्न र उसलाई आफ्नो पक्षमा पार्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *