Main News

शरीरमा अक्सिजनको कमी भएको कसरी थाहा पाउने ? कमी भए के गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २५ गते ६:२७
शरीरमा अक्सिजनको कमी भएको कसरी थाहा पाउने ? कमी भए के गर्ने ? (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितको शरीरमा अक्सिजनको मात्रा कमी हुँदा ज्यानै जाने गरेको छ । कोरोना संक्रमण भएका व्यक्तिको शरीरमा अक्सिजनको मात्रा कम भएको कसरी थाहा पाउने ? शरीरमा अक्सिजनको कमी हुन नदिन के गर्ने ?

कोरोना संक्रमितलाई अक्सिजनको कमी भएर श्वास फेर्न समस्या हुने गरेको छ । पहिले नै अस्पताल पुगेकाहरुले त, चिकित्सकसँगको परामर्शमा अक्सिजन लिन पाइरहेका छन । तर अहिले अस्पताल पुगे पनि सबैलेअक्सिजन र बेड पाउने अवस्था छैन ।

त्यसैले सामान्य लक्षण देखिएका संक्रमित होम आइसोलेसनमा छन् । तर उनीहरुमा पनि अक्सिजनको मात्रा कम हुने लक्षण देखिन सक्छ । शरिरमा अक्सिजनको मात्रा कम भएमा के गर्ने त ?

शरीरमा अक्सिजनको मात्रा थाहा पाउनका लागि पल्स अक्सिमिटर प्रयोग गर्न चिकित्सकको सुझाव छ । पल्स अक्सिमिटरमा ९४ भन्दा कम देखायो भने अक्सिजनको मात्रा कम भएको मान्नुपर्छ ।

पल्स अक्सिमिटर नभए पनि सास फेर्न गाह्रो भएमा वा अन्य लक्षण देखिएमा अक्सिजनको मात्रा कम भएको बुझ्नुपर्छ । र तुरुन्तै अस्पताल जानुपर्छ ।

शरीरमा अक्सिजन कम भएको अनुभव हुने बित्तिकै, लामो लामो श्वास लिँदा केही सहज हुन सक्छ । शरीरमा अक्सिजनको मात्रा कम हुन नदिन पौष्टिक आहार सबैभन्दा महत्वपूर्ण हुन्छ ।

शरीरमा अक्सिजन कम हुन नदिन फोक्सो स्वस्थ राख्नुपर्ने हुन्छ। धुमपान, मद्यपान नगर्न र गर्नेहरुलाइ पनि छाड्न चिकित्सकको सुझाव छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *