Main News

कमिसनका कारण खोप ल्याउन नसकेपछि स्वास्थ्यले देखायो बाहना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते २०:४९
कमिसनका कारण खोप ल्याउन नसकेपछि स्वास्थ्यले देखायो बाहना (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप ल्याउने अवस्था नरहेको प्रस्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर भारतबाट ५० लाख मात्रा खोप किन्ने मात्रै होईन, पहिलेको बाँकी १० लाख मात्रा पनि तत्काल नआउने जनाएको छ ।

साथै मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायीले कमिसनको चक्करका कारण कोरोना विरुद्धको खोप रोकिएका बेला बेला स्वास्थ्य मन्त्रालयबाट त्यसको खण्डन भएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विज्ञप्ति निकालेर भारतबाट खोप नआउनुमा सरकार बिचौलियाको दोष नरहेको भन्दै खण्डन गर्नुभएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विज्ञप्ति निकालेर भारतबाट कोभिशिल्ड खोप नआउनमा बिचौलियाको कुनै हात नरहेको दावी गर्नु भएको छ ।

उहाँले सञ्चार माध्यममा आएका सबै खबरको खण्डन गर्दै खोप नआउनुको कारण बिचौलिया प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालय नभएर नेपाललाई खोप दिने भारतीय कम्पनी सिरम इन्स्टिच्युटको कारखानामा आगो लाग्नु हो भन्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायीले कमिसनको लोभमा खोप रोकेको भन्दै आएका समाचारको उहाँले खण्डन गर्नुभएको छ । प्रवक्ता गौतमका अनुसार खोप किन्ने बारे जे गर्छ त्यो सबै स्वास्थ्य सेवा विभागले गर्छ । यसमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको भूमिका हुन्न ।

मन्त्रालयले सिरमको कारखानामा आगलागी भएकै कारण अब भारतबाट ५० लाख डोज खोप नआउने पनि स्पष्ट पारेको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै सरकारले त्यो ५० लाख डोज खोप खरिद गर्ने तयारी गरिरहेको थियो । तर नेपाली एजेन्ट हुकम इन्टरप्राइजेजले ३५ करोड रुपैयाँ कमिसन मागेर प्रक्रिया नै अघि बढ्न नदिएको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले दावी गर्नुभएको थियो ।

अब त्यो ५० लाख डोज खोप सिरमसँग नकिन्ने प्रवक्ता गौतमले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । तर उहाँले सरकारले पैसा भुक्तानी गरिसकेको रकमको १० लाख डोज खोप कहिले आउँछ भन्ने बारेमा केही बताउनुभएको छैन ।

सरकारले भारतसरकारसँग जीटुजी सम्झौता मार्फत प्रति डलर चार डलरमा २० लाख डोज खोप किन्न रकम बुझाएको थियो । जसमध्येको १० लाख डोज खोप फागुन ९ गते नेपाल आएको थियो । त्यसपछिको १० लाख डोजका लागि सरकारले पैसा बुझाइ सकेको भए पनि रोकिएको छ ।

जसले गर्दा फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन् । खोप खरिदमा भएको कमिसन चक्करबारे छानबिन गरेर खोप छिटो ल्याउन युद्धस्तरमा पहल गर्नुको सट्टा सरकारले मन्त्रालयका प्रवक्तालाई विज्ञप्ति निकाल्न लगाएर लाज छोप्‍ने प्रयास गरेको छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिन गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *