Main News

सर्वोच्च शिखर सगरमाथामा कामीरिताको नयाँ कीर्तिमान

हिमालय टिभी
२०७८ वैशाख २४ गते १९:२४
सर्वोच्च शिखर सगरमाथामा कामीरिताको नयाँ कीर्तिमान

२४ वैशाख २०७८ काठमाडौं । कामी रिता शेर्पाले पच्चिसौँ पटक सगरमाथा शिखरमा पुगेर नयाँ कीर्तिमान बनाउनुभएको छ ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै कामी रिता आज बेलुकी सगरमाथा चुचुरोमा पुग्नुभएको हो ।

आज सगरमाथा चुचुोरमा पुग्नेमा कामिरितासहित सोलुखुम्बुका ६ र संखुवासभाका ६ गरी १२ जना शेर्पा छन् । ५१ वर्षका कामी रिताले पच्चिसौँ पटक चुचोरोमा पुगेर आफ्नै नामको कीर्तिमान तोड्नु भएको हो । उहाँले दुई वर्षअघि २४ औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । त्यतिबेला उहाँले ७ दिन भित्र दुई पटक चुचुरोमा पुगेर अर्को कीर्तिमान बनाउनुभएको थियो ।

सोलुखुम्बुको थामेका कामी रिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । कामी रितापछि धेरै पटक सगरमाथा चढ्नेमा आप्पा शेर्पा र फुर्वा तासी शेर्पा हुनुहुन्छ ।

हिले आरोहणबाट सन्यास लिइसकेका दुवैले २१ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । कामी रिताले सन् २०१७ मा त्यो कीर्तिमान बराबरी गर्नुभएको थियो ।

यस सिजनमा सगरमाथा आरोहणका लागि पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् । तिनै आरोहीका लागि बाटो बनाउने क्रममा कामीरिता सहितको टोली चुचुरोमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *