Main News

एकैदिन कोरोना संक्रमणबाट ५० जनाको मृत्यु, ९ हजार १ सय ९६ संक्रमित थपिए

हिमालय टिभी
२०७८ वैशाख २४ गते १७:२६
एकैदिन कोरोना संक्रमणबाट ५० जनाको मृत्यु, ९ हजार १ सय ९६ संक्रमित थपिए

२४ वैशाख २०७८ काठमाडौं । नेपालमा एकैदिन ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या महामारी शुरु भएयताको सबै भन्दा उच्च हो । यस्तै थप ५० जना संक्रमतिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र सीमा नाकामा ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जनामा कोरोना पोजिटिभ आएको जनाएको छ ।

योसहित कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । ती मध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित छन् । आज भेटिएका मध्ये काठमाडौं उपत्यकामा चार हजार १ सय ६ जनमा संक्रमण देखिएको छ ।

आज १६ जिल्लामा १ सय भन्दा बढी संक्रमित थपिएका छन् । सबै भन्दा धेरै काठमाडौंमा ३ हजार ८९ जना, रुपन्देहीमा ७ सय ३०, ललितपुरमा ६ सय ४३, दाङमा ३ सय ६६, चितवनमा ३ सय ४३, मोरङमा २ सय ७३, झापामा २ सय १६, बाँकेमा २ सय २२, काभ्रेमा १ सय ८०, पर्सामा १ सय ३०, कैलालीमा १ सय १५, बैतडीमा १ सय १४, धनुषामा १ सय ६ र नवलपरासी पुर्वमा १ सय जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा हाल ३४ हजार ६ सय २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज ८ सय ४ जना बालबालिकामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९० वर्षमाथिका १८ जनालाई पनि संक्रमण देखिएको छ । हाल देशभर गरेर ७ सय २८ जनाको आइसीयू र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट संक्रमित थप ५० जनाको मृत्यु भएको छ।

योसहित मृतकको संख्या ३५ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ । योबीचमा २ हजार २९ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *