Main News

भ्रष्टाचार मुद्दामा दीप बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७८ वैशाख २४ गते १६:५५
भ्रष्टाचार मुद्दामा दीप बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

२४ वैशाख २०७८ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्व प्रमुख दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भूमिका खेलेको बस्न्यातमाथि अभियोग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान सचिवको हैसियतले भूमिका खेलेको भन्दै २०६७ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले बसनेत पुर्पक्ष थुनामा पठाएको छ। विशेषको आदेश विरुद्ध यसअघि नै सर्वोच्च गएका बस्न्यातका तर्फबाट वैशाख १७ गते कोरोना लागेकाले छुटी पाउँ भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशमा मुटु रोगीसमेत रहेका बस्न्यातलई थुनामा राख्न उपयुक्त नहुने ठहर गरिएको छ।पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने अदालतले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *