अक्सिजन नपाएर भक्तपुरमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

रासस
२०७८ वैशाख २४ गते १६:३०

अक्सिजन नपाएर भक्तपुरमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

२४ वैशाख २०७८ भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उहाँको भनाइ थियो । उहाँले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs