Main News
गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमितको मृत्यु
२०७८ वैशाख २४ गते १३:१९
२४ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा ५३ देखि ६८ उमेर समूहका रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ।
गण्डकी प्रदेशको सरकारको स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवं कोरोना नियन्त्रण तथा रवकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले स्क्रमण बढीरहेकाले सचेतता अपनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया