Main News

कोरोना संक्रमणबाट बाँकेमा १० र रुपन्देहीमा थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २४ गते ८:३०
कोरोना संक्रमणबाट बाँकेमा १० र रुपन्देहीमा थप दुई जनाको मृत्यु

२४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक बाँकेमा १० र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दश जना संक्रमितको १० जनाको मृत्यु भएको हो ।

गएरातिदेखि आज बिहानसम्म दश जनाको मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिनुभयो ।

मृत्यु हुनेमा ८ जना बाँकेका तथा बर्दियाका एक पुरुष र कैलालीकी एक महिला छन् । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ। बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आएका १३० जनाको मृत्यु भएको छ ।

यस्तै रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २ सय ४२ जनाको मृत्यु भएको छ । जिल्लामा ५ हजार ४ सय ८९जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *