Main News

राष्ट्रियसभा उपचुनावका लागि आज उम्मेदवारी दर्ता गरिँदै

हिमालय टिभी
२०७८ वैशाख २४ गते ८:०७
राष्ट्रियसभा उपचुनावका लागि आज उम्मेदवारी दर्ता गरिँदै

२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो। आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोकेको छ।

उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँदैछ। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन्।

एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *