राजनीति

यसरी कमजोर भयो गृहमन्त्री थापा राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते ६:२८
यसरी कमजोर भयो गृहमन्त्री थापा राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावना (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको ओली समूहले जित्ने निश्चित भए मात्र रामबहादुर थापालाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने निर्यण गरेको छ । यो निर्णयले ओली समूह राष्ट्रिय सभा उपचुनाव जित्नेमा ढुक्क छैन भन्ने बुझिन्छ । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि हुने उपचुनावमा ओली पक्ष कमजोर रहेको आँकडा पनि पुष्टि हुन्छ ।

गृहमन्त्री रामबहादुर थापा माओवादी छाडेर एमालेमा प्रवेश गरे लगत्तै खाली भएको राष्ट्रिय सभा सदस्य चयनका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।

यो उपचुनावमा नेकपा एमालेकै नेपाल–खनाल समूहले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समजवादी पार्टीको उपेन्द्र यादव समूहसित मिलेर डाक्टर खिमलाल देवकोटालाई उठाउने निर्णय गरेको छ ।

जसले गर्दा ओली पक्ष एक्लिएको छ र उ यो चुनावमा पछि परेको छ । पहिल्यै कुनै निश्चित पार्टीबाट निर्वाचित भइसकेका मतदाता हुनाले उनीहरुले दिने मत पनि पहिले नै अनुमान गर्न सकिन्छ।

हो प्रष्ट कारणले गर्दा एमालेको संस्थापन पक्ष गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउन हिच्किचाहिरहेको छ ।

राष्ट्रिय सभामा प्रदेश सभाका सदस्य, नगरपालिकाका मेयर उपमेयर र गाउँपालिकाका अध्यक्ष(उपाध्यक्ष मतदाता हुन्छन्। बागमती प्रदेश सभामा १ सय १० सदस्य छन्। त्यस्तै, यो प्रदेशका १३ जिल्लामा १ सय १९ स्थानीय तह छन्। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ मतभार हुन्छ । ११० जना प्रदेश सभा सदस्यको मतभार ५२ सय ८० हुन्छ।

त्यस्तै, १ सय १९ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल २३८ मतदाताको मतभार ४२८४ हुन्छ। यसरी राष्ट्रिय सभाको चुनावमा बागमतीको कुल मतभार ९ हजार ५ सय ६४ हुन आउँछ।

बागमती प्रदेशमा सत्तारुढ एमाले दुई कित्तामा विभाजित छ। एमालेका कुल सांसद् ५७ जना भए पनि नेपाल खनाल पक्षमा २२ जना छन् । प्रदेश सभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२ र जसपाका एक सांसद् छन्।

त्यसैले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एमालकेो नेपाल खनाल समूहका कुल सांसद् ६८ जना हुन्छन् । ६८ सांसद्को मतभार ३२ सय ६४ हुन्छ। ३ सांसद् रहेको विवेकशील साझा पनि यही गठबन्धनमा लागे यो पक्षको मतभार ३४ सय ८ हुनपुग्छ।

जबकि, ओली पक्षका एमालेका ३५ जना सांसद् छन्। अर्थात् मतभार १६ सय ८० छ। नेमकिपा र राप्रपाका ३ सांसद् थपिएमा मतभार १८ सय २४ पुग्छ।
यस्तै बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षमा एमालेका मात्रै १ सय ३३ जना जना छन्। तीमध्ये कति ओली र कति नेपालको पक्षमा छन् भन्ने स्पष्ट छैन। तर बागमती प्रदेशका स्थानीय तहमा नेपाल खनाल पक्ष कमजोर छैन ।

बागमतीका स्थानीय तहमा कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ६८ माओवादीबाट ३३ जनाले जितेका छन् । जसपाका एक जना छन्। कांग्रेस, माओवादी र जसपाको मत एकै जनाको पक्षमा खस्ने भएकाले उनीहरुको संख्या १०२ हुन्छ। उनीहरुको मात्रै मतभार १८३६ हुन आउँछ। जुन स्थानीय तहमा रहेका नेपाल खनाल पक्षका मतदाता बाहेकको हो ।

प्रदेश र नेपाल खनाल पक्ष बाहेककै स्थानीय तहको हिसाब गर्दा खिमलाल देवकोटाको पक्षमा आउने कुल मतभार ५१ सय देखिन्छ । यसमा नेपाल खनाल समूहका स्थानीय तहका मतदाताको मतभार थपिँदा ५१ सय भन्दा बढी मतभार हुन्छ । जुन देवकोटालाई राष्ट्रिय सभा सदस्य जिताउन पर्याप्त छ । यसैले ओली समूहले गृहमन्त्री थापालाई हार्ने चुनावमा उठाउन नचाहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्