Main News

परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बनाउन स्थानीय तहलाई निर्देशन

हिमालय टिभी
२०७८ वैशाख २२ गते १८:५३
परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बनाउन स्थानीय तहलाई निर्देशन

२२ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण बढाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्थानीय तहहरुलाई परीक्षण बढाउन निर्देशन दिएको हो । कमाण्ड सिस्टमको बैठकले घरमै स्वाब संकलन गर्न पाँच सय शुल्क लाग्ने र यसको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय गरेको छ ।

यस्तै गम्भीर प्रकारका संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर ४ हजार भाइरल तत्कालै नेपाल आइपुग्ने पनि मन्त्रालयले जनाएको छ ।

यसअघि १ लाख २८ हजार भाइल रेम्डेसिभिर औषधि आयात भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *