Main News

८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमित थपिए, थप ५८ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २२ गते १६:२९
८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमित थपिए, थप ५८ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्रै ८ हजार ६ सय ५९ जना संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मको उच्च हो ।

त्यस्तै पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ५८ जनाको ज्यान गएको मन्त्रलायले जनाएको छ । ज्यान गुमाउने पनि अहिलेसम्मकै धेरै हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार २० हजार ७ सय ५६ जनाको पिसिआर र ६ सय १६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै झण्डै चार हजार संक्रमित थपिएका छन् । काठमाडौंमा आज २ हजार ८ सय ४९, ललितपुरमा ५ सय १८ र भक्तपुरमा ४ सय ५४ जनाको कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार ६ सय जना आइसीयूमा रहेका छन् । यस्तै १ सय ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *