Main News

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने सेनाको तयारी

हिमालय टिभी
२०७८ वैशाख २२ गते १६:१७
अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने सेनाको तयारी

२२ वैशाख २०७८ काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ ।

देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो ।

सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

२०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले नेपालमा बढीरहेको कोरोनाको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामका लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *