कोरोनाको बिरामीमा प्रयोग गरिने रेमडिसिभिर तीन हजार भाइल काठमाडौं भित्रियो

२२ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित गम्भीर खालका बिरामीको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधिको तीन हजार भाइल काठमाडौं भित्रिएको छ।
हाम्रो मेडी कन्सर्न प्रालिले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशबाट तीन हजार भाइल रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ । हाम्रो मेडी कन्सर्नले बंगलादेशबाट २० हजार भाइल खरिद गरेको छ ।
विभागले थप ५५ हजार रेमडिसिभिर ल्याउन विभिन्न आयातकर्तालाई अनुमति दिएको थियो।
कोभिडको सबै खालका बिरामीका लागि रेमडिसिभिर आवश्यक नपर्ने भएकाले उपचार प्रोटोकल अनुसार मात्र सिफारिस गर्न विभागले चिकित्सकलाई अनुरोध गरेको छ ।
काठमाडौं भित्रिएको औषधि देशभरका ५० वटा अस्पतालमा वितरण गरिएको छ। जसमध्ये अधिकांश काठमाडौं केन्द्रित अस्पताल छन । रेमडिसिभिर औषधि आगामी दिनमा तोकिएका सबै कोभिड अस्पतालमा उपलब्ध गराउँदै जाने विभागले जनाएको छ।
प्रतिक्रिया