सांसद झाँक्रीले दिइन् प्रधानमन्त्री ओलीलाई समाप्त पार्ने यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)
२२ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु समाप्त हुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समाप्त पार्ने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री विश्वासको मत लिनुअघि पार्टीभित्र विभिन्न दाउपेच चलिरहेका बेला झाँक्रीको चेतावनी आएको हो । माइक्रो ब्लगिङ साइट ट्वीटरमा झाँक्रीले आफूहरु निश्चित रुपमा डुब्ने र सत्यानाश हुने भन्दै प्रधानमन्त्री ओलीलाई पनि लिएर डुब्ने चेतावनी दिनुभएको छ ।
झाँक्रीले सत्यानास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न नामै नलिई प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । झाँक्रीले लेख्नुभएको छ– विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’
प्रधानमन्त्री ओलीले २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन लागिरहेका बेला नेपाल–खनाल पक्षका सांसदले त्यसअघि नै राजीनामा दिने गरी छलफल गरिरहेको छ ।
यही पृष्ठभूमिमा झाँक्रीको प्रतिक्रिया सार्वजनिक भएको छ । झाँक्री समानुपातिक सांसद हुनुहुन्छ । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने आशंका गरिएका नेपाल–खनाल पक्षका सांसदलाई विश्वासको मत अघि वा पछि कतिबेला हटाउने भनेर छलफल गरेपछि नेपाल–खनाल पक्ष त्यसअघि राजीनामा दिने तयारीमा लागेको हो ।
प्रतिक्रिया