Main News

अध्यक्ष प्रचण्डद्वारा एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग भेट

हिमालय टिभी
२०७८ वैशाख २२ गते १५:०३
अध्यक्ष प्रचण्डद्वारा एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग भेट

२२ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवुकमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत हासिल गर्ने योजना असफल पार्ने विषयमा छलफल भएको छ ।

नयाँ गठबन्धन बनाउनका लागि आ–आफ्नो पार्टीभित्र सघन छलफल गर्ने र २७ गतेका लागि आवश्यक संयुक्त निर्णय लिन तयार हुने गरी छलफल अघि बढाउने सहमति भएको बताइएको छ ।

छलफलका क्रममा जसपा अध्यक्ष यादवले नयाँ गठबन्धन सरकार बनाउन आफ्नो पार्टीबाट २५ जनासम्म सांसद तयार पार्ने दावी गर्नुभएको छ ।

माओवादी केन्द्रसँग ४९ जनता समाजवादीका ३२ र एमालेको नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद छन । तर जनता समाजवादी पार्टी दुई खेमामा विभाजित छ । महन्थ ठाकुरको समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *