Main News

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य र कर्मचारीको कोरोना परीक्षण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २२ गते १४:२१
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य र कर्मचारीको कोरोना परीक्षण शुरु (भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७८ काठमाडौं । संसदको २७ गते बस्ने विशेष अधिवेशनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षण गर्न थालिएको छ ।

संघीय संसद् सचिवालले आज र भोलि कोभिड(नाइन्टिनको पीसीआर परीक्षण गराउने भएको हो।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज पहिलो दिन सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यको परीक्षण गरिँदैछ ।

संसदका महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण आजै सकिने छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको पीसीआर परीक्षण भोलि हुने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न चाहेको जनाउँदै वैशाख २७ गते सोमबारका दिन प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *