Main News

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा चार जना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २२ गते १३:११
लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा चार जना संक्रमितको मृत्यु

२२ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

यस्तै कन्चन गाउँपालिका–४ का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा आज बिहान मृत्यु भएको हो ।

यस्तै बुटवल( ९ का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा आज बिहान मृत्यु भएको हो ।

यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै डोटीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *