Main News
देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना
२०७८ वैशाख २२ गते ८:५७

२२ वैशाख २०७८ काठमाडौं । आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नम्बर २ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।
मौसमविद् बासीले काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुनसक्ने बताउनुभयो ।
प्रतिक्रिया