Main News

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५१ पुग्यो

हिमालय टिभी
२०७८ वैशाख २२ गते ७:४५
कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५१ पुग्यो

२२ वैशाख २०७८ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५१ पुगेको छ ।

हिजो मंगलबार थप ६ जिल्लामा निषेधाज्ञा जारी भएपछि देशका पूर्ण र आंशिक निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ५१ पुगेको छ। देशका २६ जिल्लामा मात्र निषेधाज्ञा लगाइएको छैन ।

गृह मन्त्रालयका अनुसार मंगलबारबाट रोल्पा, मुगु, बारा, र सिरहामा पुर्ण तथा तनहुँ र म्याग्दीमा आंशिक निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा जारी भएको छ । अहिलेसम्म ३९ जिल्लामा पुर्ण तथा १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो ।

गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *