Main News

लुम्बिनी प्रदेश सरकार अवैधानिक भन्दै माओवादी केन्द्र र कांग्रेसको विरोध

हिमालय टिभी
२०७८ वैशाख २१ गते १९:१३
लुम्बिनी प्रदेश सरकार अवैधानिक भन्दै माओवादी केन्द्र र कांग्रेसको विरोध

२१ वैशाख २०७८ काठमाडौं। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकार असंवैधानिक भन्दै विरोध गरेका छन ।

अल्पमतको सरकार बनेको भन्दै दुवै दलको बैठकले आपत्ति जनाएका हो । नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीकै योजनामा प्रदेशहरुमा पनि असंवैधानिक काम भैरहेको आरोप लगाएको छ ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अस्वीकार गर्दै अवैधानिक घोषणा गरेको छ ।

माओवादीले सुदुरपश्चिम र गण्डकी प्रदेशका प्रमुखलाई हटाएकोमा पनि आपत्ति जनाएको छ । ओली सरकारको यो कदमलाई उसले निरंकुशता भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम पनि विवादमा पर्दै गएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *