Main News

उडान रोकिने भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेको भीड

हिमालय टिभी
२०७८ वैशाख २१ गते १८:०३
उडान रोकिने भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेको भीड

२१ वैशाख २०७८ काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेको भीड बढेको छ ।

सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि नेपाल छोड्नेको संख्या बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाएका छन ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान भैरहेको थियो । आन्तरिक तर्फको सम्पूर्ण उडान आज देखि रोकिएको छ भने अन्तर्राष्ट्रिय उडान २३ गतेदेखि रोकिँदैछ ।

कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनका सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *