Main News

सरकारले फेरि ल्यायो संवैधानिक परिषदसहित सात अध्यादेश

हिमालय टिभी
२०७८ वैशाख २१ गते १६:५५
सरकारले फेरि ल्यायो संवैधानिक परिषदसहित सात अध्यादेश

२१ वैशाख २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित ७ वटा अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यी अध्यादेश यसअघि नै जारी भएपनि संसद्को अधिवेशनमा पारित हुन सकेका थिएनन् ।

संसद् अधिवेशन शुरू भएको ६० दिनभित्र पारित नभएमा अध्यादेश स्वतस् निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । अहिले अधिवेशन अन्त्यको अवस्थामा छ ।तर प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनी संसद्को अधिवेशन आह्वान भएको अवस्थामा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि पहिलो संशोधन,यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, जारी गर्नुभएको छ ।

औषधी तेस्रो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधनअध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *