Main News

पूर्वरानी कोमल र एमाले नेता खनालको स्वास्थ्यमा क्रमित सुधार

हिमालय टिभी
२०७८ वैशाख २१ गते १६:४६
पूर्वरानी कोमल र एमाले नेता खनालको स्वास्थ्यमा क्रमित सुधार

२१ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको हाल आइसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

त्यसैगरी नर्भिकमै उपचाररत पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *