Main News

बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ५ जना घाइते

हिमालय टिभी
२०७८ वैशाख २१ गते १६:१२
बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ५ जना घाइते

२१ वैशाख २०७८ बैतडी । बैतडीको पञ्जेश्वर गाउँपालिका वडा नम्बर ६ गणेमेश्वर से १ ज १८३ जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएपछि उनको शव पोष्ट मार्टमका लागि सदरमुकाम खलङ्गा लिएर जाँदै गरेको जीप पञ्चेश्वर गाउँपालिका ६ गणमेश्वरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी , २० वर्षीय डम्मरसिंह भण्डारी, २२ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

त्यस्तै उपचारका लागि सदरमुकाम लैजाँदै गर्दा जीप चालक तेजबहादुर बोहराको मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताउनुभयो ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । साँघुरो घुम्ती भएका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *