Main News

कोरोना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

हिमालय टिभी
२०७८ वैशाख २१ गते १३:५५
कोरोना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

२१ वैशाख २०७८ काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *