राजनीति

लुम्बिनी प्रदेशको राजनीति : दल बदलको फोहोरी खेल ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते ६:२२
लुम्बिनी प्रदेशको राजनीति : दल बदलको फोहोरी खेल ! (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ बुटवल । संकटमा फसेको लुम्बिनी प्रदेशको सत्ता राजनीतिमा दिनहुँ नयाँ नयाँ देखिएका छन । हिजो दिनभर दल बदल र घम्साघम्सी भएको प्रदेशमा बिहानै देखि नाटकीय मोड आयो । जहाँ हिजो एउटा खेमामा देखिएका दुई जना सांसद आज अर्को खेमामा उभिए त्यो पनि हस्ताक्षर सहित । यसले अस्वस्थ,अनैतिक र अमर्यादित सत्ता राजनीतिको खेलले राजनीति बद्नाम हुँदै गएको प्रष्ट हुन्छ ।

उहाँ हुनुहुन्छ, कपिलवस्तु निर्वाचन क्षेत्रनंम्बर २ ख बाट निर्वाचित प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तव ।

अनि उहाँ हुनुहुन्छ नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ ख बाट निर्वाचित अजय शाही ।

र, यो हो आईतवार श्रीवास्तव र शाहीले मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा निकालेको वक्तव्य जसमा एमाले संसदीय दलप्रति रहँदै पोखरेलाई समर्थन गर्ने प्रतिवद्धता जनाईएको छ । तर वक्तव्यमा यति मात्रै छैन, माओवादीका कुलप्रसाद केसीलगायतले सरकार बनाउन लिएको आफनो हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको उल्लेख छ ।

के कुरा यस्तै हो त तथ्यले त्यसो भन्दैन । आईतवार पनि दुवै जनाले जानी बुझी योजना अनुसार नै हस्ताक्षर गरेर केसीलाई समर्थन गर्नुभएको थियो । र, यो त्यही हस्ताक्षर हो जसलाई सोमबार दुवैले बदनियत भन्नुभएको छ ।

आइतबार शाही र श्रीवास्तवले मुख्यमन्त्री पोखरेल विरुद्ध हस्ताक्षर मात्रै गर्नुभएन दोस्रो कार्यकालका लागि शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि शपथ नगराउ भन्दै प्रदेश प्रमुख समक्ष धर्ना पनि दिनुभयो । यो दृश्यले त्यही पुष्टि गर्छ । त्यतिमात्रै होईन किन मुख्यमन्त्री विरुद्ध किन उत्रियौं भनेर पनि प्रष्टिकरण दिनुभयो ।

तर रातारात कुरा फेरियो । सोमबार बिहानै शाही र श्रीवास्तवको छुट्टै वक्तव्य आयो जहाँ मुख्यमन्त्री पोखरेलको समर्थन र कुलप्रसाद केसीको चर्को विरोध गरिएको छ । र, यसमा तर्क पनि अचम्मको छ । समर्थन त गरेको हो । तर बहुमत पुगे पनि कांग्रेस माओवादी गठबन्धनले केही गर्न सकेन । र, यता मुख्यमन्त्री पोखरेलसँग कुरा मिल्यो ।

सांसद शाही र श्रीवास्तवले जे तर्क गरे पनि यो घटनाले अस्वस्थ, अनैतिक र अमर्यादित सत्ता राजनीतिको खेलले राजनीति बद्नाम हुँदै गएको प्रष्ट हुन्छ, जहाँ लोक लज्जा छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्