Main News

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्री स्वीकार नगर्ने चार विपक्षी दलको घोषणा

हिमालय टिभी
२०७८ वैशाख २० गते १८:३२
लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्री स्वीकार नगर्ने चार विपक्षी दलको घोषणा

२० वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई नमान्ने घोषणा गरेका छन् ।

नेपली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले आज बुटवलमा पत्रकार सम्मेलन गरेर पोखरेलले किर्ते गरेको समेत आरोप लगाएका छन् ।

चार दलले अहिलेको सरकार अवैधानिक भएको भन्दै बहिष्कार गर्न अपिल पनि गरेका छन् । आज बसेको चार दलको बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवले गैर कानूनी र असंवैधानिक कदमको समर्थन गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेको छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीले किर्ते हस्ताक्षरबाट बनेको पोखरेल नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबी गर्नुभयो । उहाँले पोखरेलले संविधानको धज्जी उडाएको बताउनुभयो ।

नेपाली कांग्रेस संसदिय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा रहँदा पनि मुख्यमन्त्री बनेर पोखरेलले ईतिहासमा कालो टिका लगाएको आरोप लगाउनुभयो । उहाँले जसरी पनि पोखरेललाई परास्त गर्ने बताउनुभयो ।

४ दलको बैठकले नेकपा एमाले परित्याग गरेर सांसदबाट राजीनामा दिएका दुगनारायण पाण्डेयलाई राष्ट्रियसभाको चुनावमा उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *