Main News
चीनले नेपाललाई २ हजार थान अक्सिजन सिलिण्डर दिने
२०७८ वैशाख २० गते १७:१४

२० वैशाख २०७८ काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने भएको छ ।
हवाइ र स्थल मार्गबाट ती सिलिन्डर काठ्माडौं ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैसाता दक्षिण एसियाली मुलुकका पाँच विदेशमन्त्रीसँगको छलफलमा चीनले क्षेत्रीय सहकार्यसहितका विषयमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितिमा चीनले नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने जनाइसकेको छ ।
चीनले दिने भनेको ती सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले पाएका छन् । कोरोना संक्रमण बढेपछि पछिल्लो समय नेपालमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको छ ।
प्रतिक्रिया