प्रदेश प्रहरी प्रमुख धानुकमाथि कारबाही गर्न लुम्बिनीका महिला सांसदको माग (भिडियो रिपोर्टसहित)
२० वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका महिला सांसदले प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकलाई कारबाहीको माग गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा हिजो आफूहरुमाथि हातपात एव संवेदनशील अंगमा छोएको आरोप लगाउँदै उनीहरुले धानुकलाई निलम्बनको माग गरेका हुन् ।
डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीको आरोप छ । प्रदेश प्रमुखको कार्यालयमा हिजो बेलुकी मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न धर्नामा बस्दा प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफैं हातपातमा गरेको आरोप छ ।
नेकपा माआवादी केन्द्रकी सांसद दामा शर्माले प्रहरी प्रमुख धानुकले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले कानूनी उपचार खोज्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।
प्रहरीमा बैचारिक चेतनाको कमि हुनाको कारणले यस्तो घटनाहरु दोहोरि रहने हुन्छ!