Main News
आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने
२०७८ वैशाख २० गते ७:४७
२० वैशाख २०७८ काठमाडौं । आज मध्यरातिदेखि आन्तरिकतर्फका सबै हवाई उडान बन्द हुने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
यस्तै मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया