Main News
सशस्त्र प्रहरीको कोरोना अस्पतालले माग्यो स्वास्थ्य सामग्री र जनशक्ति
२०७८ वैशाख १९ गते १९:१४

१९ वैशाख २०७८ काठमाडौं । सशस्त्र प्रहरी अस्पताल बलम्बुले कोरोना संक्रमितको उपचारका लागि थप स्वास्थ्य सामग्री र जनशक्ति माग गरेको छ ।
पछिल्लो समयमा अस्पतालमा संक्रमितको चाप बढिरहेकाले भएका उपकरण र सामग्रीले भार थाम्न नसकेकाले तुरुन्तै थप भेन्टिलेटर, अइसीयू र दक्ष जनशक्ति आवश्यक रहेको अस्पतालका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ८४ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमण बढेसँगै उपत्यका लगाएत देशभरीकै अधिकांश सरकारी र निजी अस्पतालहरुमा बेड अभाव हुन थालेको छ । जस्ले गर्दा समयमै उपचार नपाई संक्रमितको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया