Main News

नेपालमा ७२११ जना कोरोना संक्रमित थपिँदा २७ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १९ गते १६:३४
नेपालमा ७२११ जना कोरोना संक्रमित थपिँदा २७ जनाको मृत्यु

१९ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोनाको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो पटक ७ हजार २ सय ११ जनामा संक्रमण फेला परेका छन् । थप २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो विवरण सार्वजनिक गर्दै १६ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार १ सय ३७ र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो ।

आज उपत्यकामा ३५ सय ९५ संक्रमित थपिएका छन् । मन्त्रालयलका अनुसार आज काठमाडौंमा मात्रै २ हजार ७ सय ४४ जना ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यका बाहिर रुपन्देहीमा ४ सय ६६ जना, बाँकेमा ४ सय ६ जनामा संक्रमण देखिएको छ। यस्तै मोरङमा २ सय ४९ जना, कैलालीमा २ सय ३२ जना, धनुषामा २ सय २८ जना, सुर्खेतमा १ सय ७४ मकजानपुरमा १ सय ६९, दाङमा १ सय ३३, पर्सामा ११२ जना र महोत्तरीमा १ सय ७ जनामा संक्रमण देखिएको छ ।

ती मध्ये ६ सय २३ जनामा १९ वर्षमुनिका बालबालिका छन् । योसँगै देशभर सक्रिय संक्रिमतको संख्या ४८ हजार ७ सय ११ जना पुगेको छ ।

ती मध्ये संथागत आइशोलेशनमा ३ हजार पाँच सय ३० जना र होम आइशोलेशनमा ४५ हजार १ सय ८१ जना रहेको मन्त्रालयले जनाएको छ । हाल ४ सय ७७ जनाको आइसीयू र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *