Main News

प्रधानमन्त्री अचानक किन पुगे शीतल निवास ?

हिमालय टिभी
२०७८ वैशाख १९ गते १५:१०
प्रधानमन्त्री अचानक किन पुगे शीतल निवास ?

१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशमा विकसित तीब्र राजनीतिक घटनाक्रमको असर केन्द्रीय राजनीतिमा परेको छ ।

सत्तारुढ एमालेको स्थायी समिति बैठकमा यसबारे छलफल भएको छ । छलफल लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्टपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको छ ।

शीतल निवासमा राष्टपति र प्रधानमन्त्रीबीच मुलुकको समग्र राजनीति र पछिल्लो पटक प्रदेशमा देखिएका राजनीतिक संकटमा विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले भने भेटलाई नियमित भनेको छ । शीतल निवास जानु अघि एमालेको स्थायी समितिमा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश लगायतका प्रदेशमा आफ्नै पार्टीभित्रबाट भएका गतिविधिले गम्भीर अवस्था सिर्जना गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *