Main News

बेलझुन्डी कोरोना अस्पतालमा अक्सिजन सकियो, बिरामी बेडमा छटपटाउन थाले

हिमालय टिभी
२०७८ वैशाख १९ गते १३:४२
बेलझुन्डी कोरोना अस्पतालमा अक्सिजन सकियो, बिरामी बेडमा छटपटाउन थाले

१९ वैशाख २०७८ दाङ । दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा उहेका बिरामीहरु अकिसजन अभावले छटटाउन थालेका छन् ।

दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव देखिएको थियो । अक्सिजन आपुर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आज बिहानदेखि अस्पतालमा अक्सिजनको स्टक सकिएको हो ।

बिरामीहरु अक्सिजनको अभावमा बेडमै छटपटाउन शुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । बिरामी अक्सिजनको अभावमा छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् ।

४२ बेडसहित सञ्चालन गरिएको कोरोना अस्पताल दबावका कारण एक सय बेडको चलाउने निर्णय शनिबार मात्रै गरिएको थियो । अहिले अस्पतालमा ५८ बेड छ ।

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको र आज बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन अस्पतालसँग नरहेको अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले बताउनुभयो ।

हिजैदेखि प्रदेश सरकार र जिल्लाका निकायलाई हार गुहार गर्दै आएको र अहिलेसम्म कसैले नसुनेको व्यवस्थापक ओलीले गुनासो गर्नुभयो ।अहिले बिरामीहरु बोइलर कुखुरा छटपटाएझैं अक्सिजन अभावमा बेडमा छटपटाइरहेका छन् ।
हामीसँग अहिले अक्सिजन शुन्य छ । अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक ओलीले बताउनुभयो । अस्पतालका बिरामीको रक्षा भगवान भरोसा मात्रै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *