Main News

आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ वैशाख १९ गते ९:०४
आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावना

१९ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ ।

महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो ।

उहाँले हाललाई केही समयका लागि वर्षा रोकिए पनि दिउँसो वा अपराह्नपछि भने देशभरकै पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

मौसमविद् श्रेष्ठका अनुसार २/३ दिनसम्म यस्तै मौसमको सम्भावना रहेको छ । मौसम बदली हुने र दिउँसोपछि मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहने देखिएको भन्दै उहाँले सतर्क रहन पनि आग्रह गर्नुभयो ।

विभागले बिहान जारी गरेको बुलेटिनमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *