Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने तयारी

हिमालय टिभी
२०७८ वैशाख १९ गते ७:४७
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने तयारी

१९ वैशाख २०७८ काठमाडौं । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ।

सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको भन्दै यसलाई थप कडाइ गर्दै जाने बताउनुभयो ।

पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले हिजो काठमाडौँका विभिन्न‍ स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था जानकारी लिएको थियो ।

कोरोना भाइरसको संक्रमण दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *