Main News

कोरोना महामारी बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा थप हुने क्रम जारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १९ गते ७:३७
कोरोना महामारी बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा थप हुने क्रम जारी (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७८ काठमाडौं । कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा थप हुने क्रम जारी छ।

गृह मन्त्रालयले अहिलेसम्म २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज रातिदेखि जिल्लाका केही ठाउँमा निषेध आदेश जारी गरेको छ।

गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आजदेखि लागू हुनेछ।

मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। मोरङमा भने भोलीदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जनाएको छ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा जारी गरिएको कास्की र सुनसरी जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा आजदेखि निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *