Main News

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा एकैदिन दश जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १९ गते ६:४८
कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा एकैदिन दश जनाको मृत्यु

१९ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।

अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोना सङ्क्रमण र मृत्यु दर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *