Main News

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

हिमालय टिभी
२०७८ वैशाख १८ गते १८:४८
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

१८ वैशाख २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।

संक्रमण पुष्टि भएपछि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नेता खनाललाई मिर्गौलाको पनि समस्या छ । उहाँको यसअघि प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

संक्रमण पुष्टि हुनासाथ खनाललाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । त्यहाँबाट नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

अवस्था गम्भीर भएपछिनर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमललाई संक्रमण भएपछि उपचार भइरहेको छ ।

यसैबीच एमालेका अर्का नेता मोदनाथ प्रश्रितलाई संक्रमण भएको भएको छ । उहाँलाई मनमोहन अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *