Main News

बाँकेका टोल–टोलमा बनिरहेका अक्सिजनसहितका आइसोलेसन कति प्रभावकारी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १८:३५
बाँकेका टोल–टोलमा बनिरहेका अक्सिजनसहितका आइसोलेसन कति प्रभावकारी ? (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । कोरोनाका गम्भीर संक्रमितले नेपालगञ्ज र कोहलपुरका अस्पताल भरिएको दुई साता बितिसक्यो । यस्तो अवस्थामा बाँकेका स्थानीय तहले धमाधम अक्सिजन सिलिन्डर सहितका आइसोलेसन बनाइरहेका छन् । तर यस्ता आइसोलेसनको प्रभावकारिताका विषयमा भने प्रश्न उठन थालेको छ ।

अस्पतालमा बेड भरिए पछि बाँकेका नगरपालिका र गाउँपालिकाले अक्सिजन सिलिन्डरसहितको आइसोलेशन सेन्टर बनाई रहेका छन् । कोहलपुर नगरपालिकाले २५ बेडको आइशोलेन बनाएको छ । त्यहाँ १० वटा अक्सिजन सिलिन्डर राखिएको छ ।

नेपालगन्ज उप महानगरपालिकाले १ सय २० बेड को आइसोलेशन सेन्टर संचालन गरेको छ । त्यहाँ अहिले ४१ जना संक्रमित छन् । नेपालगन्जमै अक्सिजन सिलिन्डरसहितको ३० बेडको आइशोलेशन तयारी अवस्थामा छ ।

अक्सिजन सिलिन्डरको व्यवस्थासहित चिकित्सक र हेल्थ असिसटेन्टको व्यवस्था गरेर आइशोलेशन सेन्टर संचालन गर्नु राम्रो भए पनि त्यसको प्रभावकारितामाथि वरिष्ट चिकित्सकले नै प्रश्न उठाएका छन । कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेकालाई अन्य स्वास्थ्य समस्या पनि देखिन्छन् ।

एउटा बेड र अक्सिजन सिलन्डर राखेर हेल्थ असिसटेन्ट र एमबिबिएस तहको चिकित्सकको भरमा खोलिएका आइशोलेशन सेन्टरबाट संक्रमितले क्रिटिकल केयर पाउन सम्भव हुँदैन । त्यसले संक्रमितको स्वास्थ्यमा थप प्रतिकूल असर पार्न सक्छ ।

तसर्थ अहिले टोलटोलमा अक्सिजन सिलिन्डर राखेर आइशोलेशन सेन्टर खोल्ने भन्दा अस्पताल मै बेड र आइसियु बढाउनेतर्फ जोड दिनु आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

आइशोलेशन सेन्टरले अक्सिजन सिलिन्डर होल्ड गरेर राख्दा गम्भीर संक्रमितले अस्पतालमा अक्सिजन नै नपाउने अबस्था उत्पन्न हुन सक्छ ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्र जंग शाह, चिकित्सक संघ भेरीका अध्यक्ष विनोद कर्णले फेसबुक मै स्टाटस लेखेर टोले आइशोलेशन सेन्टरको औचित्यमाथि प्रश्न उठाउनु भएको छ । सिकिस्त बिरामीलाई अस्पताल मै भर्ना गरेर विशेषज्ञको टिमबाट उपचार गराउनु पर्ने चिकित्सकको मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *