Main News

चिकित्सक संघले भन्यो–संक्रमितको उपचारमा सरकार दायित्वबाट पन्छन पाउँदैन

हिमालय टिभी
२०७८ वैशाख १८ गते १७:०९
चिकित्सक संघले भन्यो–संक्रमितको उपचारमा सरकार दायित्वबाट पन्छन पाउँदैन

१८ वैशाख २०७८ काठमाडौं । नेपाल चिकित्सक संघले पनि संक्रमितका लागि अस्पतालमा शैया उपलव्ध गराउन नसक्ने सरकारी भनाइप्रति विरोध जनाएको छ ।

संघले आज विज्ञप्ति निकालेर सरकारी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ ।

नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको नै भएको भन्दै विज्ञप्तिमा यस्तो अवस्थामा स्रोत साधनको राम्रो व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।

संघले महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाउनुपर्ने आवस्यकता पनि औंल्याएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मी स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी उपचारको वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ ।

यस्तै संघले महामारी रोकथाममा सरकारलाई आवस्यक सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

प्रतिक्रिया

One thought on “चिकित्सक संघले भन्यो–संक्रमितको उपचारमा सरकार दायित्वबाट पन्छन पाउँदैन

  1. Thanks for finally writing about > चिकित्सक संघले भन्यो–संक्रमितको उपचारमा सरकार दायित्वबाट
    पन्छन पाउँदैन – Himalaya
    Television < Loved it!

Leave a Reply to datação de goles Cancel reply

Your email address will not be published. Required fields are marked *