Main News
कोरोनाको जोखिम बढेसँगै थप पाँच जिल्लामा निषेधाज्ञा जारी
२०७८ वैशाख १८ गते १३:२३

१८ वैशाख २०७८ काठमाडौं । कोरोना महामारीको जोखिम बढेपछि थप ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा आजदेखि निषेधज्ञा लगाएको छ भने रुकुम पश्चिम, डडेल्धुरा र झापामा भोलिखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरिएको छ ।
जाजरकोटमा आजदेखि २५ गतेसम्म, रुकुम पश्चिममा भोलिदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
झापामा सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने छ ।
यसअघि काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा पूर्ण तथा कालिकोट, बागलुङ, दार्चुला र बर्दियामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ।
प्रतिक्रिया