Main News

नेपालमा कोरोना भयावह बन्दै देशका विभिन्न जिल्लामा मृत्युदर बढ्यो

हिमालय टिभी
२०७८ वैशाख १८ गते १३:०९
नेपालमा कोरोना भयावह बन्दै देशका विभिन्न जिल्लामा मृत्युदर बढ्यो

१८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । बाँकेमा पछिल्लो पटक ६ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने बाँकेका ३, दाङका २ र कपिलवस्तुका एक जना छन् । नेपालगञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज, कोहलपुरमा गएराति मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज–१० की ५५ वर्षीया महिलाको भेरी अस्पतालमा र कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुष र दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका(५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै कञ्चनपुरमा पनि थप तीन जना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालको एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरूष र भीमदत्त–१४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भयो । त्यस्तै होम आइसोलेसनमा बसेका भीमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि बिहान मृत्यु भएको छ ।

त्यस्तै संक्रमणबाट रुपन्देही, पर्सा र कैलालीमा २–२ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना संक्रमितको बिहानै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासीकी ४५ वर्षीया महिला र रुपन्देहीका ५५ वर्षीय पुरुष छन् । उता पर्सामा पनि थप दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका(९ की ७४ वर्षीया महिलाको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा गएराति र वीरगञ्ज–१६ नगवाकी ४८ वर्षीया महिलाको नारायणी अस्पतालमा आज बिहान मृत्यु भयो ।

त्यस्तै संक्रमणबाट कैलालीमा थप दुई जना महिलाको मृत्यु भएको छ । टीकापुर अस्पतालमा उपचाररत जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

उता लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यस्तै सुर्खेत र काभ्रेमा पनि कोरोना संक्रमित एक–एक जना पुरुषको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *